काठमाडौं । सरकारका कुनै पनि मन्त्री उपस्थित नभएपछि स्थगित प्रतिनिधिसभा बैठक शुरु भएको छ । सोमबार संसद् बैठक सुरु गर्नासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा कोही मन्त्री बैठकमा उपस्थित नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए।
सांसद यादवको ध्यानाकर्षणपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका निम्ति स्थगित गरेका थिए।