काठमाडौं। १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा रास्वपाले क्लिनस्विप गरेको छ। अघिल्लो चुनावमा रास्वपाले चार क्षेत्र मात्र जितेको थियो।
काठमाडौं २ मा सोबिता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र काठमाडौंमा विराजभक्त श्रेष्ठ विजयी भएका थिए।
तर, यसपटक भने रास्वपाले १० वटै क्षेत्र जितेको हो।
काठमाडौं १ मा रन्जु न्यौपाने, २ मा सुनिल केसी, ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदिप विष्ट विजयी भएका हुन्।












