Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

रोटरीको डिस्ट्रिक्ट ट्रेनिङ एसेम्ब्ली एवं ग्रान्ट म्यानेजमेन्ट सेमिनार सम्पन्न

रोटरीको डिस्ट्रिक्ट ट्रेनिङ एसेम्ब्ली एवं ग्रान्ट म्यानेजमेन्ट सेमिनार सम्पन्न

ललितपुर । रोटरी इन्टरेनशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको रोटा वर्ष २०२४/२५ का डिस्ट्रिक्ट अफिसियल, क्लव पदाधिकारी तथा क्लबका बोर्ड मेम्बरहरुलाई लक्षित गर्दै डिस्ट्रिक्ट ट्रेनिङ एसेम्ब्ली ( डिटिए) ललितपुरमा डिटिए सम्पन्न भएको छ ।

देशभरका सात सय भन्दा बढी रोटरियनको उत्साहजनक सहभागितामा सो एसेम्बली सम्पन्न भएको हो ।

Subisu

क्लवलाई कसरी गतिशिल एवं जीवन्त बनाउने, त्यसका लागि नेतृत्वमा हुनुपर्ने क्षमता, कला एवं नेतृत्वदायी गुणहरु हुन र त्यसको विकास कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा रोटरीका प्राथमिकता सातै क्षेत्रमा उपस्थित क्लवका पदाधिकारी तथा स्टान्डिङ कमिटिका चेयरहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

हरेक रोटरियन आफैमा आ-आफ्नो क्षेत्रमा नेतृत्व गरिररहेका छन्, त्यो नेतृत्व क्षमतालाई आफ्नो क्लब, डिस्ट्रिक्ट गभर्नर, आरआई प्रेसिडेन्टले तय गरेको लक्ष्य तथा समाजको आवश्यक्तासँग कसरी समायोजन गर्ने, आमनागरिकसँगको संवाद र सहकार्यलाई कसरी सहज बनाउने, क्लबले तय गरेका कार्यक्रमको कुशलतापूर्वक सम्पादनका बिधिका सन्दर्भमा प्रशिक्षण केन्द्रित थियो ।

हरेक रोटा वर्षमा रोटरी इन्टरनेशनल प्रेसिडेन्ट एवं डिस्ट्रिक्ट गभर्नरले छनौट गर्ने मर्म, तय गर्ने लक्ष्य तथा नारालाई सार्थक बनाउने सन्दर्भमा डिस्ट्रिक्ट ट्रेनिङ एसेम्ब्ली मार्गदर्शनका हिसाबले रोटरी क्लब तथा क्लबको नेतृत्वलाई अत्यन्तै रचनात्मक प्रशिक्षणात्मक कार्यक्रमका रुपमा लिने गरिन्छ ।

विशेषत नयाँ रोटा वर्षका क्लबका अध्यक्ष,पदाधिकारी तथा विभिन्न कमिटीका प्रमुखहरुलाई उनीहरुको जिम्मेवारी बहनका सन्दर्भमा स्पष्ट दिशानिर्देश डिस्ट्रिक्ट ट्रेनिङ एसेम्ब्लीले गर्ने गर्छ । विधागत हिसावले, समूहगत रुपमा विभाजन गरेर अन्तरक्रियात्मक रुपमा गरिने यो प्रशिक्षणलाई बर्षकै महत्वपुर्ण एवं बिस्तारित प्रशिक्षणका रुपमा लिने गरिन्छ ।

प्राय: क्लव अध्यक्ष, अन्य पदाधिकारी एवं कमिटि चेयरहरु उपस्थित भएर प्राप्त जानकारीलाई क्लवमा फर्केर कार्यान्वयन गराउने सन्दर्भमा डिस्ट्रिक्ट ट्रेनिङ एसेम्ब्लीको खास महत्व रहने ईमिडिएट पास्ट डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले बताए ।

उनले भने, ‘यो कार्यक्रमले क्लब सञ्चालनका विधि देखि सदस्यता मामिला, द रोटरी फाउडेशन, क्लब प्रशासन, क्लबको सार्वजनिक छवि लगायतलाई प्राथमिकता सातै क्षेत्रमा लक्ष्य निर्धारण र निर्धारण गरेका लक्ष्यलाई पुरा गर्ने प्रस्ट मार्गचित्र प्रदान गर्दछ ।’

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका आगामी रोटा वर्षका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचननले डिस्ट्रिक्ट ट्रेनिङ एसेम्बलीमा देशभरका रोटरियनहरुको उल्लेखनीय उपस्थितिले आफुलाई उत्साहित बनाएको बताए ।

 

उनले भने,’ नयाँ रोटा वर्ष प्रारम्भ हुनुपूर्वको तपाईहरुको यो उपस्थितिले सिंगो टिम्ममा उर्जाको सञ्चार मात्र गराएको छैन, आगामी रोटा वर्ष नेपाली समाजको आर्थिक, सामाजिक रुपान्तरण एवं रोटरीका प्राथमिकताका सातै क्षत्रमा उल्लेखनीय काम हुने संकेत समेत गरेको छ ।’

उनले आगामी रोटा वर्षमा रोटरी इनटरनेशनलका प्रेसिडेन्ट र आफुले तय गरेका मर्म एवं लक्ष्यबारे विस्तृत रुपमा बताउँदै त्यसलाई सार्थक बनाउन आफुले डिस्ट्रिक्टको तहबाट सम्पूर्ण रुपमा सकारात्मकताका साथ समन्वय एवं सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

शेरचनले प्रशिक्षणबाट प्राप्त मार्गदर्शनलाई क्लबमा फर्केपछि अधिकतम क्रियान्वयमा क्लव अध्यक्ष, पदाधिकारी एवं कमिटीचेयरहरु इमान्दारीतापूर्वक लाग्ने विश्वास समेत सो अबसरमा व्यक्त गरेका थिए ।

कार्यक्रममा वर्तमान डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजुले ऐतिहासिक रुपमा एसेम्बली सम्पन्न भएकोमा सबैलाई बधाई दिँदै आगामी रोटा वर्षको सम्पूर्ण टिमलाई सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा काउन्सिल अफ गभर्नर एवं डिस्ट्रिक्ट अफिसियलहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

रोटरीमा हरेक जुलाई एक तारिकवाट नयाँ रोटा वर्ष प्रारम्भ हुने गर्छ । आगामी जुलाई एक देखि एक वर्षको रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको रोटा वर्ष २०२४/२५ को एक वर्षे कार्यकाल निर्वाचित गभर्नर राजेन्द्रमान शेरचनले सम्हाल्नेछन् ।

नेपालमा हाल १५९ रोटरी क्लव छन भने ६ हजार भन्दा बढिको संख्यामा रोटरी क्लका सदस्यहरु रहेका छन् ।

यसैबिच आइतवार रोटा वर्ष २०२४/२५ को ग्रान्ट म्यानेजमेन्ट सेमिनार समेत काठमाडौंमा सम्पन्न भएको छ ।

दुई सय भन्दा बढि रोटरियनको उपस्थितिमा सम्पन्न सो सेमिनारमा रोटरीभित्रका विविध ग्रान्टका बारेमा जानकारी प्रदान गरिएको थियो ।

रोटरीको मुटु मानिने द रोटरी फाउण्डशेन, डिस्ट्रिक्ट ग्रान्ट, ग्लोबल ग्रान्ट, स्केल ग्रान्ट लगायतका विषयमा विगत समयदेखि नै यस्ता ग्रान्टहरु सफलतापूर्वक सम्पन्न गरेका जानकार रोटरियनहरुवाट सो सम्बन्धमा जानकारी प्रदान गरिएका हो ।

परियोजना साना होउन या ठूला, त्यसको परिकल्पनाका लागि आवश्यक रचनात्मकता एवं सिर्जनात्मकता, आवश्यक्ता पहिचान, लेखन, परियोजना स्विकृत वा अस्विकृत हुने कारण देखि परियोजनाको सफल क्रियान्वयन, त्यसको दीगोपना, लक्षित समुदायमा परेको प्रभाव एवं परिणाम सहित एउटा सम्पूर्ण परियोजनाबारे कार्यक्रममा उपस्थिति रोटरियनहरुलाई सघन रुपमा प्रशिक्षण प्रदान गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host