काठमाडौं । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट औपचारिक रुपमा दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ।
आयोगका सचिव माहादेव पन्थले पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष कविर सोबलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। गत निर्वाचनमा पार्टीले चार सीट जितेको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको विवादका कारण नयाँ पार्टी गठन गरिएको थियो। नयाँ दलको वरिष्ठ उपाध्यक्षमा अब्दुल खान, जो यसअघि जनमत पार्टीका उपाध्यक्ष थिए, नियुक्त भएका छन्।
दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष सोबले भने “जनताको पक्षमा देश निर्माण गर्ने उद्देश्यसहित हामीले नयाँ राजनीतिक दल दर्ता गरेका हौँ।”












