काठमाडौं। उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै रास्वपाका राजु पाण्डे विजयी भएका छन्। उनी बालेन शाह मेयर हुँदा काठमाडौं महानगरका नगर प्रहरी प्रमुख थिए।
काठमाडौं ३ का उम्मेदवार पाण्डे १८ हजार ७५७ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपालका घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।
कांग्रेसकारमेश अर्यालले ६ हजार, एमालेका रामेश्वर फुयालले ३८१६ र नेकपाका निरज लामाले ५१८ मत ल्याए । यहाँ कुल ४१ हजार ९१९ मत सदर भएको थियो।












