काठमाडौं। नेकपा माओवादी केन्द्रसहित ९ दलबीच हुने एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने भएको छ। प्रज्ञाभवन कमलादीमा जारी माओवादी महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टीको नामबारे जानकारी दिएका हुन्।
चुनाव चिन्हका रूपमा पाँचकुने तारा रहने निर्णय पहिले नै आठ दलबिच सहमति भइसकेको छ। आइतबार माओवादी, नेकपा एकीकृत समाजवादी लगायत आठ दलबीच भएको १८ बुँदे सहमतिमा पार्टीको नाम उल्लेख गरिएको थिएन। नयाँ पार्टीको एकता भृकुटीमण्डपमा आयोजना हुने कार्यक्रममा औपचारिक रूपमा घोषणा गरिने छ।












