काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । ओलीले सरकारी निवास बालुवाटारमा सुरक्षा परिषद्को बैठक बोलाएका हुन् । जेन–जीको आन्दोलन हिंसात्मक बनेपछि परिषद्को बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली अध्यक्ष रहेको परिषद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देलको रुपमा रहेका छन् ।












