काठमाडौं । आगामी डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपका लागि नेपाली टोली घोषणा भएको छ।
सोमबार साँझ नेपाल क्रिकेट संघ क्यानले पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा महतोसँगै सोनी पाख्रिन उपकप्तान, सना प्रविन, ज्योत्स्निका मरासीनी, कुशुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ. तिर्सना विक, किरन कुमारी कुवँर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत रहेका छन्। एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र मलेसिया छन्।