काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा नेतृत्वको समूहले अर्को कम्युनिष्ट पार्टी नखोल्ने घोषणा गरेको छ ।
मंगलबार पत्रकार सम्मेलनमार्फत उनीहरूले एकीकृत कम्युनिष्ट अभियान संचालन गर्ने भन्दै वर्तमान पार्टीभित्रै काम गर्ने स्पष्ट पारेका छन् ।
माओवादी नेता राम कार्कीले समूहको तर्फबाट भने, “हामी कसैको नियन्त्रणमा रहेको दल नखोल्ने र आफ्नै जिम्मेवारी लिएर यहाँ आएको हो ।” उनले थपे, “अहिलेसम्म गरेका गल्ती सुधार्दै कम्युनिष्ट अभियानलाई अघि बढाउनेछौं।”
कार्कीले जेनजी आन्दोलनपछि नेपालमा दलहरू विघटित भएका र त्यसपछिका परिस्थितिमा शान्तिपूर्ण र जुझारु संघर्षमार्फत आफूहरुको अभियान अघि बढाइने बताएका छन् ।












