काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाउँदै आदेश जारी गरेको हो । शाक्यले सरकारलाई गैरकानुनी रूपमा पदबाट हटाएको आरोप लगाउँदै पुनर्बहालीको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनको हटाइको प्रक्रिया जेनजी आन्दोलनपछि कुलमान घिसिङ ऊर्जामन्त्री हुँदा भएको निर्णयसँग जोडिएको थियो । मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशक पदबाट हटाएर मनोज सिलवाललाई नियुक्त गरेको थियो ।












