काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनका लागि कार्यतालिका पेस गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा उनले महाधिवेशन कार्यतालिका पुस १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव पेस गरेका हुन् ।
कांग्रेसभित्र हाल महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मतभेद तीव्र बनेको छ । सभापति शेरबहादुर देउवासहितको संस्थापन समूह आगामी वैशाखमा मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने अर्को पक्षले भने फागुन २१ को आमचुनावअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान लिएको छ ।
यही विवादका बीच महामन्त्री थापाले आफूले तयार पारेको महाधिवेशन कार्यतालिका आजको बैठकमा औपचारिक रूपमा प्रस्तुत गरेका हुन् । बैठकमा सो प्रस्तावबारे छलफल जारी रहेको बताइएको छ ।












