काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रतिनिधि सभा पुनःस्थापना गरेर जेनजी आन्दोलनका मागहरू सम्बोधन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा नेता भण्डारीले संविधान संशोधनसहित संसद् पुनःस्थापना गरेर राजनीतिक सहमतिको नयाँ बाटो खोल्नुपर्ने धारणा राखेका हुन्। उनले भने, “संसद् पुनःस्थापना गरौँ, संविधान संशोधन गरौँ र जेनजीको माग सम्बोधन गरेर अघि बढौँ।”
उनको प्रस्ताव कांग्रेसभित्र हाल बढ्दै गएको बहससँग पनि जोडिएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरेको भए पनि अहिले पार्टीभित्र फागुन २१ गते तय भएको निर्वाचनमा सहभागी हुनुपर्ने आवाज पनि तीव्र बन्दै गएको छ।
फागुन २४ को जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएको नेकपा एमालेले संसद् पुनःस्थापनाको पक्षमा कानुनी बाटो लिने घोषणा गरिसकेको छ। भण्डारीले भने, राजनीतिक संकट समाधानको मूल उपाय सहमति र संवादमै रहेको भन्दै, “जनताको बलबाट बनेको संसद् भङ्ग गरेर स्थायित्व आउँदैन, बरु सहमतिको बाटोबाटै देशलाई स्थिरता दिनुपर्छ,” बताएका छन्।












