काठमाडौं । कोशी प्रदेशको आगामी आर्थिक वर्षको २०८१/८२ को बजेट पारित भएको छ।
शनिबार बसेको प्रदेशसभा बैठकले विनियोजन विधेयक २०८१ र अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ पास गरेको हो।
असार १ गते सरकारले चालु आर्थिक वर्षको भन्दा एक अर्ब कम ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। असार ४ गतेबाट चार दिनसम्म बजेटमाथि छलफल सुरु भएको थियो।
बजेट पारितपछि प्रदेशसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगीत भएको छ ।