काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्थगित भएको छ। भदौ २७ देखि असोज ४ गतेसम्म तय गरिएको उक्त भ्रमण देशको विकसित विषम परिस्थितिका कारण स्थगित गरिएको सैनिक स्रोतले जनाएको छ।
सैनिक मुख्यालयका अनुसार वर्तमान संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रधानसेनापतिले मित्रराष्ट्र चीनको पूर्व निर्धारित भ्रमण कार्यक्रम रद्द गर्ने निर्णय गरेका हुन्।
यसअघि तय गरिएको भ्रमणमार्फत दुई देशबीचको सुरक्षा सहकार्य र द्विपक्षीय सम्बन्ध सुदृढीकरण विषयमा उच्चस्तरीय वार्ता हुने तय भएको थियो। तर, आन्तरिक परिस्थितिका कारण भ्रमण अस्थायी रूपमा स्थगित गरिएको सैनिक स्रोतले स्पष्ट पारेको छ।












